शिक्षक आन्दोलनमा भएको झडपमा पत्रकारसहित २६ जना घाइते

Byपहिलो सुचना

२०८२ बैशाख १४, आईतवार २०:३१ २०८२ बैशाख १४, आईतवार २०:३१ २०८२ बैशाख १४, आईतवार २०:३१

वैशाख १४, काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् ।

चैत २० देखि आन्दोलन गरिरहेका शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा उक्त झडप भएको हो । सो क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरसमेत हानेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook