नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन

Byपहिलो सुचना

२०८२ बैशाख ४, बिहीबार ०७:४८ २०८२ बैशाख ४, बिहीबार ०७:४८ २०८२ बैशाख ४, बिहीबार ०७:४८

वैशाख ४, झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व संकलन गरेको छ । उक्त रकम गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो ।

कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८०/८१ को (साउन–चैत) महिनामा दुई अर्ब १७ करोड १९ लाख तीन हजार राजस्व संकलन भएको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए।

चालु आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेको उनले बताए। गत आर्थिक वर्षको भन्दा राजस्व संकलन बढेको भए पनि चालु आर्थिक वर्षको नौ महिनाको लक्ष्यको ८१ दशमलव ४५ प्रतिशत मात्र राजस्व संकलन भएको कर अधिकृत सुनुवारले बताए।

कार्यालयले नौ महिनामा आयकरबाट एक अर्ब सात करोड ९४ लाख ९४ हजार, ब्याजबापत सात करोड १९ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत ७६ करोड ७१ लाख नौ हजार, अन्तःशुल्कबापत ३९ करोड ९७ लाख ६७ हजार राजस्व संकलन गरेको छ ।

यसैगरी आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गरी एक करोड ७५ लाख असुल गरिएको कर अधिकृत सुनुवारले जानकारी दिए। ‘कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ ।

यसका साथै कर बक्यौता राख्ने करदाताको बैङ्क खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही पनि गरिएको छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook