शैक्षिक सत्रअगाडि नै ८ करोडको किताब बिक्री

Byपहिलो सुचना

२०८२ बैशाख १, सोमबार १९:०६ २०८२ बैशाख १, सोमबार १९:०६ २०८२ बैशाख १, सोमबार १९:०६

वैशाख १, जनकपुरधाम । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै ८ करोड मूल्य बराबरको करिब ५ लाख ८७ हजार थान पुस्तक बिक्री गरेको छ ।

शैक्षिक सत्र सुरु हुनुअगाडि नै पाठ्यपुस्तक आएकाले बिक्री सुरु गरिएको कार्यालय प्रमुख रुद्रमणि खनालले जानकारी दिए । शैक्षिक वर्ष २०८२ का लागि २५ करोड बराबरको २३ लाख ७० हजार थान पुस्तक बिक्री वितरण गरिने लक्ष्य केन्द्रको थियो । हाल ९ लाख १३ हजार ९ सय ७६ थान पुस्तक गोदाममा सुरक्षित रहेको सो कार्यालयले जनाएको छ ।

विद्यालयलाई तोकिएका विभिन्न ९६ वटा वितरकमार्फत पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको प्रमुख खनालले जानकारी दिए । कार्यालयबाट ओखलढुंगा, खोटाङ, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर, सिन्धुली, सिरहा, सर्लाही, रौतहट, पर्सा र बारालगायत जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको छ ।

विगतमा पुस्तक छपाइमा ढिलाइ हुने गर्दा बालबालिकाको अध्ययन अध्यापनमा समस्या रहेको थियो । यसअघि सो कार्यालयले गत वर्ष २३ करोड ३० लाख बराबरको किताब बिक्री गरेको थियो । कार्यालयले त्यसअघि शैक्षिक सत्र २०८० मा २६ करोड बराबरको किताब बिक्री गरेको थियो ।

प्राथमिक तहमा अनिवार्य शिक्षा तथा माध्यमिक तहमा निःशुल्क शिक्षा दिने संघीय सरकारको नीति छ । तोकिएका बिक्रेताबाट विद्यायलले पाठ्यपुस्तक खरिद गर्ने तथा सोको भुक्तानी सम्बन्धित स्थानीय तहले दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook