रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश

Byपहिलो सुचना

२०८१ चैत्र २२, शुक्रबार २०:०६ २०८१ चैत्र २२, शुक्रबार २०:०६ २०८१ चैत्र २२, शुक्रबार २०:०६

चैत २२, काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । उनलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा सो आदेश गरिएको हो ।

जिल्ला अदालत रुपन्देहीको जमानतमा रिहा गर्ने आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुरले रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । 

बुटवलको सुप्रिम सहकारीले बचतकर्ताको १ अर्ब बढी रकम ठगेको भन्दै लामिछाने र छविलाल जोशीविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

सो मुद्दामा रूपन्देही जिल्ला अदालतले गत माघ १३ गते रवि लामिछानेलाई एक करोड धरौटी माग गर्दै तारेखमा छाड्ने आदेश दिएको थियो भने छविलाललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook