चैत ११, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
उनी यसअघि पनि प्राधिकरणका निर्देशक बनेका थिए । पछि उनलाई हटाएर कुलमानलाई नै निर्देशक बनाइएको थियो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
