खोटाङको मेरुङ वनमा भेटियो रेडपाण्डा

Byपहिलो सुचना

२०८१ चैत्र ७, बिहीबार १५:०२ २०८१ चैत्र ७, बिहीबार १५:०२ २०८१ चैत्र ७, बिहीबार १५:०२

चैत ७, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएको छ ।नगरपालिकाको टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएको हो ।

२ हजार ७ सय ८१ मिटरको उचाइमा रेडपाण्डा भेटिएको दिक्तेल रुपाकोट मझुवागढी–६ का वडाध्यक्ष माधव राईले बताए । उनको संयोजकत्वमा एक टोली मेरुङ पुगेको थियो ।विभिन्न समूहमा विभाजित भएर खोजी गर्ने क्रममा रुखमा सुतिरहेको अवस्थामा रेडपाण्डा भेटिएको उनले बताए ।

भेटिएको रेडपाण्डा करिब दुई वर्ष छ महिनाको भाले भएको मेरुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पल्लवसिंह राईले जानकारी दिए । उक्त वनमा करिब पाँच वटा रेडपाण्डा हुन सक्ने अनुमान गरिएको छ ।

रेडपाण्डाले विशेष गरी मालिंगो बाँसको टुसा खान मन पराउने हुनाले मालिंगो भएको क्षेत्रमा बढी भेटिने स्थानीय बताउँछन् ।

रेडपाण्डा खोजीका लागि टोली संयोजक राईसहित महोत्सव संयोजक दिक्तेल रुपाकोट मझुवागढ–१० का वडाध्यक्ष मुगाधन राई, १२ नं का वडाध्यक्ष दानबहादुर राईलगायत वन क्षेत्रमा पुगेर अनुसन्धान थालेको वन उपभोक्ता समूहका अध्यक्ष राईले बताए ।

नगरपालिकाले आगामी वैशाखमा रेडपाण्डा तथा थार महोत्सव आयोजना गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook