टोखामा बरामद २५ करोडको ‘नेक्सस’ सुन कारोबारीसँग

Byपहिलो सुचना

२०८१ चैत्र ६, बुधबार ०९:३९ २०८१ चैत्र ६, बुधबार ०९:३९ २०८१ चैत्र ६, बुधबार ०९:३९

चैत ५ , काठमाडौं । गएराति काठमाडौंबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरका डलरको ‘नेक्सस’ सुन कारोबारसँग जोडिएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।

सोमबार राति २५ करोड बराबरका डलर बरामद भएपछि यसको रुट र पुग्ने गन्तव्य, डलरसँगै पक्राउ परेका व्यक्तिको पृष्ठभूमि र पक्राउ परेकाको बयानलाई आधार बनाउँदै प्रहरीले २५ करोडको ‘नेक्सस’ सुनसँग जोडेको हो । रसुवाको केरुङ नाका हुँदै सीमापार गरेर अवैध रकम चीन पुग्ने र उताबाट सुन खरिद गेरर ल्याउने गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेत पनि यो रकमको साइनो सुन खरिदसँग जोडिएको हुनसक्ने आशंका गर्छन् । ‘अहिलेसम्मको हाम्रो अनुसन्धानले यो डलर सुन खरिदका लागि चीन जाँदै थियो भन्ने देखाएको छ । थप अनुसन्धान हुन बाँकी नै छ,’ एसएसपी बस्नेतले भने ।

प्रहरीले भनेजस्तै डलर बोकेर केरुङतर्फ जाने व्यक्ति यसअघि ७ किलो सुनसहित पक्राउ परेका थिए । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामालाई यसअघि अपराध अनुसन्धान कार्यालयकै टोलीले १३ पुस २०७३ मा कलंकीबाट पक्राउ गरेको थियो । त्यतिबेला अपराध अनुसन्धान कार्यालयका एसएसपी सर्वेन्द्र खनाल थिए ।

उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरिएको थियो ।

गाडीको अगाडि भागमा रहेको एयरफिल्टरको बक्सभित्र लुकाएर ल्याइएको सातवटा एक–एक किलोका सुनका लाप्सा भेटिएको थियो । त्यतिबेला पनि उक्त गाडीका चालक लामा नै थिए । अहिले फेरि उनै लामा गाडीमै फल्स बटम बनाएर डलर र सुन बोक्ने गरेको दाबी प्रहरी अधिकारीहरू गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook