घट्यो पेट्रोलियम पदार्थको मूल्य

Byपहिलो सुचना

२०८१ चैत्र २, शनिबार २२:०७ २०८१ चैत्र २, शनिबार २२:०७ २०८१ चैत्र २, शनिबार २२:०७
Petrol_Oil

चैत २, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको शनिबार को बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर  पाँच रुपियाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर  चार रुपियाँले घटाउने निर्णय गरेको हो । 

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपियाँ ५० पैसा, एक सय ६२ रुपियाँ र एक सय ६३ रुपियाँ तथा डिजेल-मट्टितेल प्रतिलिटर एक सय ४८ रुपियाँ ५० पैसा, एक सय ५० रुपियाँ र एक सय ५१ रुपियाँ कायम भएको छ । 

इण्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook