काठमाडौंका यी स्थानमा आज तीनदेखि पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

Byपहिलो सुचना

२०८१ चैत्र २, शनिबार ०९:५४ २०८१ चैत्र २, शनिबार ०९:५४ २०८१ चैत्र २, शनिबार ०९:५४

चैत २, काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा शनिबार तीनदेखि पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु  वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार विद्युत अवरूद्ध हुने भएको हो ।

बलम्बु वितरण केन्द्रको मातातीर्थ फिडर अन्तर्गत पर्ने बौथली चोकमा हाइटेन्सन कन्डक्टर अपग्रेडिङ कार्यका लागि ती क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । त्यस्तै सतुंगल फिडर अन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउँ, बौथली, सतुंगल चोक लगायतका क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।  

जोरपाटी वितरण केन्द्रको डाँछी फिडर अन्तर्गत पर्ने  माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक,अर्याल गाउँ, ग्रीनहिलसिटी, भद्रवास, नयाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने बताइएको छ ।

मुलपानीको पिपलबोटमा विद्युतीय तार ‘रिस्ट्रिन्जिङ’ गर्नुपर्ने भएकाले उक्त फिडर बन्द हुने प्राधिकरणले जनाएको छ । सोही कार्यका लागि मुलपानी फिडर पनि सटडाउन गरिने प्राधिकरणले जनाएको छ। त्यसकारण मुलपानी फिडर अन्तर्गतका मुलपानी चौर , थली, थापाचोक, लक्ष्मी नारायण चोक, चापाबोट, देवलधारा, मनकामना माइ मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी,   सोही कार्यका लागि साँखु फिडर पनि सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ । त्यसो हुँदा नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी,साँखु, जर्शिंग पौवा, नांगलेभरे, गागल, गागलफेदी लगायतका क्षेत्रमा पनि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। निर्धारित समय अगावै काम सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुरू हुने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook