बेलौरी नगरपालिका-३ का वडाध्यक्ष रिजालको निधन

Byपहिलो सुचना

२०८१ फाल्गुन २४, शनिबार ०९:२९ २०८१ फाल्गुन २४, शनिबार ०९:२९ २०८१ फाल्गुन २४, शनिबार ०९:२९

फागुन २४, कञ्चनपुर । बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको गए राति निधन भएको छ । फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो ।

आज दिउँसो १० बजेदेखि ११ बजेसम्म उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा राखिने भएको छ । दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

विसं २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। उनकी श्रीमती डिलकुमारी रिजालको विसं २०७९ मा निधन भएको थियो । रिजालका स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो ।

रिजालको निधनबाट नगरपालिकाले महत्त्वपूर्ण व्यक्ति गुमाएको नगर उपप्रमुख जोगराम चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook