फागुन १७, काठमाडौँ । संखुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो ।
आज बिहान ५ बजे उनको शव घरभन्दा पाँच सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।
उनी शुक्रबार बेलुकी ८ बजेदेखि हराएकी थिइन् । प्रहरीका अनुसार पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन् ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको बस्नेतले बताए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ ।
