म्यानमारबाट पाँच जना नेपालीको उद्धार

Byपहिलो सुचना

२०८१ फाल्गुन ९, शुक्रबार १८:१८ २०८१ फाल्गुन ९, शुक्रबार १८:१८ २०८१ फाल्गुन ९, शुक्रबार १८:१८

फागुन ९, काठमाडौँ । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका पाँच नेपाली नागरिकलाई म्यानमारको मेवाडीबाट उद्धार गरी शुक्रबार स्वदेश ल्याइएको छ ।

बैंककस्थित नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी ‘टाक इमिग्रेसन अफिस मेसोट’ हुँदै थाइल्याण्ड ल्याई चार पुरूष र एक महिलालाई नेपाल फर्काइएको जनाएको छ ।

सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्याणलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनः अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook