ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

Byपहिलो सुचना

२०८१ फाल्गुन ५, सोमबार ०८:०० २०८१ फाल्गुन ५, सोमबार ०८:०० २०८१ फाल्गुन ५, सोमबार ०८:००

फागुन ५, बागमती —सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/०८२ को सात महिनाको अवधिमा ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरेको छ । 

सो कारबाहीबाट पाँच करोड ९१ लाख ८९ हजार १३ राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गमा जडान गरिएको सिसिटिभी र रिडर गणबाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को सात महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरिएको प्रहरी नायब उपरीक्षक खाणले बताए ।

यस्तै सो अवधिमा बागमती प्रदेशको १० वटा जिल्लामा भएको एक हजार दुई ५६ सवारी दुर्घटनामा एक सय ७० जनाको मृत्यु भएको छ,भने चार सय ६३ जना घाइते भएको सो कार्यालयले जनाएको छ ।

क्षमता भन्दा बढी यात्रु बोक्ने, तीव्रगतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भएर मोटरसाइकल चलाउने प्रवृति बढेकाले राजमार्ग तथा अन्य सहायक मार्गमासमेत सवारी जाँचमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक खाणले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook