वासिङ्टन विमान दुर्घटनामा ६७ जनाको मृत्यु

Byपहिलो सुचना

२०८१ माघ १८, शुक्रबार १०:०५ २०८१ माघ १८, शुक्रबार १०:०५ २०८१ माघ १८, शुक्रबार १०:०५

माघ १८, वासिङ्टन । अमेरिकाको वासिङ्टन डीसीमा बिहिबार भएको हवाई दुर्घटनामा ६७ जनाको मृत्यु भएको छ ।

विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान प्रशिक्षण उडानमा रहेको सैनिक हेलिकप्टर “ब्ल्याक हक” सँग ठाक्किएर पोटोम्याक नदीमा खसेको थियो ।

६० जना यात्रु सहित चार जना चालक दलका सदस्यसहित ६४ जना विमानमा सवार थिए भने सेनाको हेलिकोप्टरमा तीनजना थिए । एसोसिएटेड प्रेस (एपी) का अनुसार विमान र हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ ।

सबैको मृत्यु भएतापनि सबैको शव भने फेला परिसकेको छैन । १४ जना अझैपनि बेपत्ता छन् र उनीहरूको खोजी भइरहेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुर्घटनामा कोही जिवित नरहेको बिहीबार पत्रकारहरूसँग बताएका छन् । साथै यस दुर्घटनाकालागि उनले अघिल्लो प्रजातान्त्रिक प्रशासनका नीतिहरूलाई दोष दिएका छन् ।

“हाम्रो उड्डयन प्रणालीमा काम गर्नेहरूका लागि हामीसँग उच्च मापदण्ड हुनुपर्छ,” ट्रम्पले भने ।

उनले अघिल्लो प्रशासनलाई उद्धृत गर्दै भने, “उनीहरुको नीति भयानक थियो र राजनीति अझ खराब थियो ।”

दुर्घटनाको अनुसन्धानको नेतृत्व गरिरहेको राष्ट्रिय यातायात सुरक्षा बोर्डले विमानको फ्लाइट डाटा र ब्ल्याक बक्स भेटिइसकेको बताएको छ । एजेन्सीले ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन तयार हुने अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook