चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

Byपहिलो सुचना

२०८१ माघ ९, बुधबार १०:५३ २०८१ माघ ९, बुधबार १०:५३ २०८१ माघ ९, बुधबार १०:५३
तस्बिर : सञ्जीतकुमार मण्डल / रासस

माघ ९, बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ।

आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ।

शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उनले बताए।

अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook