अटोरिक्सा र जिप आपसमा ठोक्किँदा एक यात्रुको मृत्यु, तीन जना घाइते

Byपहिलो सुचना

२०८१ माघ ७, सोमबार १५:०२ २०८१ माघ ७, सोमबार १५:०२ २०८१ माघ ७, सोमबार १५:०२
accident full image

माघ ७, झापा । झापामा अटोरिक्सा र जिप आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बुद्धशान्ति गाउँपालिका-४ हापेन चोकमा प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१–०१–००१ ज ३८५१ नंको जिप एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी अटोरिक्सामा सवार बुद्धशान्ति- ४ कि २७ वर्षीया अमृता तामाङको मृत्यु भएको जिल्ला ट्राफकि कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए ।

दुर्घटनामा जिप चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन् ।

उनीहरुको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ ।

प्रहरीले अटोरिक्साका चालक ५३ वर्षीय अजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook