संयुक्त राज्य अमेरिकामामा सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध

Byपहिलो सुचना

२०८१ माघ ६, आईतवार १२:३३ २०८१ माघ ६, आईतवार १२:३३ २०८१ माघ ६, आईतवार १२:३३

माघ ६, काठमाडौं । संयुक्त राज्य अमेरिकामामा सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्ध लगाउने एउटा कानुन कार्यान्वयनमा आउनुअघि नै सो सञ्जाल ‘अफलाइन’ भएको छ ।

अफलाईन भएपछि टिकटकमा एउटा सञ्देश लेखिएको र जसमा भनिएको छ अ’अब तपाईँहरूले अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न’ “हामी भाग्यशाली छौँ कि राष्ट्रपति ट्रम्पले आफूले सत्ता सम्हालेपछि टिकटक पुनर्बहाली गर्न समाधान खोज्न तयार रहेको सङ्केत दिनुभएको छ,” त्यसमा भनिएको छ। यसअघि उक्त सञ्जालले बाइडन प्रशासनले प्रतिबन्ध कार्यान्वयन हुने आश्वस्त नगरे आइतबारबाट सेवा बन्द हुने चेतावनी दिएको थियो ।

अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले यसअघि आफूले टिकटकलाई ९० दिन प्रतिबन्धबाट उन्मुक्ति दिने बताएका थिए ।प्रयोगकर्ताहरूले अमेरिकामा गुगलको एप स्टोरमा टिकटक देखा नपरेको र टिकटक डटकममा भिडिओ पनि देखा नपरिरहेको जनाएका छन् । यसअघि उसमाथि लगाइने प्रतिबन्ध कार्यान्वयनमा आउनुअघि अमेरिकी सरकारले उपयुक्त हस्तक्षेप नगरे आइतवारबाट अमेरिकामा आफ्नो सेवा “नचल्ने बनाउन” बाध्य हुने बताएको थियो ।

शुक्रवार ढिलोगरी जारी गरेको एक विज्ञप्तिमा टिकटकले व्हाइटहाउस र अमेरिकी न्याय मन्त्रालयले “टिकटक उपलब्ध गराउनका लागि एकीकृत गरिएका सेवा प्रदायकहरूलाई आवश्यक ढङ्गले स्पष्ट पार्न र आश्वासन दिन असफल भएको” आरोप लगाएको थियो ।

उसले सरकारले टिकटकमाथि तत्काल लाग्न सक्ने प्रतिबन्ध उल्लङ्घन गर्नेलाई कारबाही हुँदैन भन्ने आश्वासन नदिए ‘ज्यानुअरी १९ बाट आफूले सेवा अवरुद्ध गर्न बाध्य हुने’ उल्लेख गरेको थियो । शुक्रवार अमेरिकाको सर्वोच्च अदालतले दिएको एउटा आदेशपछि टिकटकको यस्तो प्रतिक्रिया आएको हो ।

अमेरिकी सर्वोच्च अदालतले आफ्नो आदेशमा उक्त चिनियाँ भिडिओ शेअरिङ एपको माऊ कम्पनी बाइटड्यान्सलाई अमेरिकामा चल्ने टिकटक आइतवारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्ध सामना गर्न बनाइएको कानुनलाई मान्यता दिएको थियो ।

अमेरिकी कानुनमा के छ?

गत वर्ष एप्रिलमा पारित भएको उक्त कानुनले बाइटड्यान्सको अमेरिकी संस्करणलाई त्यहाँकै कम्पनीलाई बिक्री गर्न वा पूर्ण रूपमा प्रतिबन्धको सामना गर्न बाध्य पार्छ ।

टिकटकले उक्त कानुनलाई अदालतमा चुनौति दिँदै अमेरिकी प्रयोगकर्ताको वाक् स्वतन्त्रताको उल्लङ्घन हुने तर्क गरेको थियो। तर सर्वोच्च अदालतको आदेशको अर्थ आगामी दिनमा अमेरिकी खरिदकर्ता नभेटिएसम्म एपको अमेरिकी संस्करणलाई एप स्टोर तथा वेब होस्टिङ सेवाबाट हटाउनु पर्छ भन्ने हो ।

यो प्रतिबन्धले पहिले नै आफ्नो फोनमा टिकटक एप डाउनलोड गरिसकेका प्रयोगकर्ताहरूलाई असर गर्दैन भन्ने ठानिएको थियो। यद्यपि प्रतिबन्ध लागु भएपछि अपडेटहरू उपलब्ध नहुने र अन्ततः एप प्रयोगयोग्य नहुने बन्छ । शुक्रवारको टिकटकको विज्ञप्तिले तुरुन्तै हालका सबै प्रयोगकर्ताहरूको टिकटकको पहुँच समाप्त हुने र कसैले डाउनलोड पनि गर्न नमिल्ने सङ्केत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook