दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

Byपहिलो सुचना

२०८१ पुष २४, बुधबार १०:४१ २०८१ पुष २४, बुधबार १०:४१ २०८१ पुष २४, बुधबार १०:४१

पुस २४, दार्चुला । जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ।

यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुबिधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ ।

जिल्ला कारागारका जेलर केशवराज अवस्थीका अनुसार  विसं २०४२ मा बनेको  कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन्।

जबर्जस्ती करणीको अभियोग लागेका एक जना विदेशी कारागारमा रहेका छन्। 

‘थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ । ढिलो मुद्दाको फैसलाका कारण थुनुवा बढेका छन्,’ उनले भने।

जिल्ला बाहिरबाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook