बाल गायक सचिन परियारको निमोनियाका कारण निधन

Byपहिलो सुचना

२०८१ पुष १८, बिहीबार १४:२३ २०८१ पुष १८, बिहीबार १४:२३ २०८१ पुष १८, बिहीबार १४:२३

पुस १८, काठमाडौँ । बाल गायक सचिन परियारको निमोनियाका कारण निधन भएको छ । उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत परियारको बिहीबार बिहान करिब १०ः४९ बजे निधन भएको हो ।

अस्पतालका निर्देशक प्रा.डा. घनश्याम गुरुङका अनुसार सचिनको सिभियर निमोनियाले पल्मोनरी ह्यामरेज भएका कारण निधन भएको हो ।

सचिन पुस १३ गते उच्च ज्वरो र श्वास फेर्न गाह्रो भएका कारण अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा भर्ना भएपछि उनलाई निमोनिया देखिनुका साथै धेरै अङ्गले काम गर्न छोड्दै गएपछि १५ वर्षीय सचिनको केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सचिन पाँच वर्षदेखि अस्पतालमा उपचाररत थिए ।

सचिनले म्युजिक भिडियो र हास्य शृङ्खला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook