दुर्घटनाग्रस्त कारमा भेटियो १३० किलो गाँजा

Byपहिलो सुचना

२०८१ मंसिर ३०, आईतवार १०:०४ २०८१ मंसिर ३०, आईतवार १०:०४ २०८१ मंसिर ३०, आईतवार १०:०४

मंसिर ३०, सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका–१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले १३० किलो गाँजा फेला पारेको छ ।

सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो ।

प्रहरीले खोजतलासका  कारमा गाँजा फेला पारेको हो ।कारका चालक फरार छन् भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook