वायु प्रदूषण बढेपछि वातावरण विभागले भन्यो– प्लास्टिकजन्य फोहोर नजलाउनू

Byपहिलो सुचना

२०८१ मंसिर १०, सोमबार १०:२१ २०८१ मंसिर १०, सोमबार १०:२१ २०८१ मंसिर १०, सोमबार १०:२१
Weather_PahilosuchanaGloomy Weather

मंसिर १०, काठमाडौं । वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेपछि विभागले सूचना जारी गरी फोहोर नजलाउन भनेको हो ।

विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको पाइएको छ । वातावरण विभागका अनुसार आज बिहान ७ बजे काठमाडौंको रत्नपार्क क्षेत्रको वायु गुणस्तर सूचकांक १५१ पुगेको छ । यो अस्वस्थकर अवस्था हो । यसैगरी चितवनको भरतपुरका १४१, भक्तपुरको १२१, धनकुटामा ९१, नेपालगञ्जमा ६८ र काठमाडौंको शंखपार्कमा ५२ एक्यूआई छ ।

वायु गुणस्तर सूचकांक शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि एक सयसम्म मध्यम, एक सय एकदेखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्म अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गरिन्छ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।विभागका अनुसार, वायु प्रदूषणको मुख्य कारणको रुपमा उद्योग कलकारखाना र सवारी साधनबाट निकाष्सन हुने धुवाँ, वन डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो आदि हुन् ।

विभागले ठोस तथा प्लास्टिकजन्य फोहर तथा कृषिजन्य अवशेष नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण स्थलहरुबाट उड्ने धूवाँ धुलोको यथोचित नियन्त्रण गर्न अनुरोध गरेको छ । विभागले देशभरका स्टेशनहरुमार्फत वायु प्रदूषण मापन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook