पाकिस्तानको साम्प्रदायिक हिंसामा ३२ जनाको मृत्यु 

Byपहिलो सुचना

२०८१ मंसिर ८, शनिबार १६:३७ २०८१ मंसिर ८, शनिबार १६:३७ २०८१ मंसिर ८, शनिबार १६:३७

मंसिर ८, पेसावर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । सुरक्षा अधिकारीका अनुसार खैबर पख्तुन्ख्वा प्रान्तमा भएको झडपमा ४७ जना घाइते भएका छन् ।

पाकिस्तानको सोही क्षेत्रमा दुई दिनअघि भएको साम्प्रदायिक झडपमा कम्तीमा ४३ जनाको ज्यान गएको थियो । ‘शिया र सुन्नी समुदायबीच विभिन्न स्थानमा लडाइँ जारी छ । पछिल्लो रिपोर्टअनुसार १४ सुन्नी र १८ शियासहित ३२ जनाको मृत्यु भएको छ,’ एक प्रशासनिक अधिकारीलाई उल्लेख गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

एक समय अर्धस्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लाका केही सुन्नी स्थानहरूमा शिया मुसलमानहरूले शुक्रबार साँझ आक्रमण गरेका थिए, जहाँ साम्प्रदायिक हिंसाका कारण वर्षौंदेखि सयौंको मृत्यु भएको छ। ‘स्थानीय समयअनुसार साँझ ७ बजेतिर आक्रोशित शिया समुदायको एक समूहले सुन्नी बहुल बगान बजारमा आक्रमण गरेको थियो,’ कुर्रममा तैनाथ प्रहरी अधिकारीले एएफपीसँग भने, ‘गोली चलेपछि उनीहरूले पूरै बजारमा पेट्रोल छर्केर आगो लगाइदिए ।’

प्रारम्भिक रिपोर्टअनुसार ३ सयभन्दा बढी पसल र सयभन्दा बढी घर जलेर नष्ट भएका छन् । स्थानीय सुन्नीहरूले पनि आक्रमणकारीमाथि जवाफी फायरिङ गरेको उनले बताए । शिया समुदायले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको सुन्नी बहुल पाकिस्तानमा आदिवासी र पारिवारिक कलह सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook