१३२ वर्षपछि ट्रम्पले राखे नयाँ रेकर्ड

Byपहिलो सुचना

२०८१ कार्तिक २२, बिहीबार ११:१० २०८१ कार्तिक २२, बिहीबार ११:१० २०८१ कार्तिक २२, बिहीबार ११:१०
अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी । तस्बिर : एएफपी

कात्तिक २२, काठमाडौँ । बुधबार अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले नयाँ रेकर्ड बनाएका छन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उनले १३२ वर्षपछि नयाँ रेकर्ड बनाएका हुन् ।  उनी अमेरिकी इतिहासमा १३२ वर्षपछि पहिलो प्रयासमा राष्ट्रपति बनेर दोस्रो निर्वाचन हार्दै तेस्रो प्रयासमा फेरि राष्ट्रपति निर्वाचित भएका हुन् ।

सन् २०१६ मा ट्रम्प हिलारी क्लिन्टनलाई हराएर पहिलो कार्यकालका लागि ४५ औं राष्ट्रपति बनेका थिए । तर सन् २०२० मा डेमोक्र्याटिक पार्टीका जो बाइडेनले उनलाई पराजित गरेका थिए। यसपालि उनले डमोक्र्याटिककी कमला ह्यारिसलाई हराएका हुन् । राष्ट्रपति निर्वाचनमा एकपटक पराजित भएपछि प्रायः ती राजनीतिज्ञले अर्को पटक उम्मेदवार बन्ने प्रयास गर्दैनन्। त्यस्तो प्रयास गर्ने राजनीतिज्ञले पार्टी भित्रकै चुनाव जित्ने सम्भावना कम हुन्छ। तर रिपब्लिकन पार्टीमा डोनाल्ड ट्रम्पको जबरजस्त पकड थियो। उनी सजिलैसँग रिपब्लिकन पार्टीमा प्राइमरी निर्वाचन जितेर राष्ट्रपतिमा सो दलको उम्मेदवार बने ।

यसअघि १३२ वर्ष पहिले सन् १८९२ मा ग्रोभर क्लिभल्यान्डले यस्‍तो रेकर्ड बनाएका थिए । पहिलो पटक सन् १८८५ मा २२ औं राष्ट्रपतिमा निर्वाचित भएका क्लिभल्यान्ड सन् १८८९ मा पराजित भएका थिए। त्यसपछि फेरि सन् १८९३ मा २४ औं राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook