साफ च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशलाई

Byपहिलो सुचना

२०८१ कार्तिक १४, बुधबार २१:१३ २०८१ कार्तिक १४, बुधबार २१:१३ २०८१ कार्तिक १४, बुधबार २१:१३

कात्तिक १४, काठमाडौं । साफ च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले जितेको छ । योसँगै बंगलादेशले लगातार दोस्रो पटक साफ जित्न सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशले २-१ गोलले नेपाललाई पराजित गरेको हो । 

बंगलादेशकी मनिका चक्माले ५३औं मिनेटमा गोल गरेर सुरुआती अग्रता दिलाइन् । तर, त्यसको चार मिनेटपछि नै नेपालकी अमिषा कार्कीले गोल फर्काइन् ।

८१औं मिनेटमा बंगलादेशले पुन अग्रता लियो । ऋतु पोर्ना चक्माले अनिता केसीलाई बिट गर्दै प्रहार गरेको बललाई एन्जिलाले बाहिर पठाउने प्रयास गरेपनि असफल हुँदा नेपाल खेलमा पछि पार्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook