बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन

Byपहिलो सुचना

२०८१ कार्तिक १४, बुधबार १२:१४ २०८१ कार्तिक १४, बुधबार १२:१४ २०८१ कार्तिक १४, बुधबार १२:१४
फाइल तस्बिर

कात्तिक १४, काठमाडौँ । संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बुधबार बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति सदस्य महेशप्रसाद बर्तौलाले जानकारी दिनुभयो ।

यसअघि बैठकमा प्रस्तावित राजदूत लम्सालले आफ्नो अनुभव, योग्यता, अभिरुचि र भावी रणनीतिसहितको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयको सचिवका रुपमा कार्यरत उहाँले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook