कात्तिक १२, बझाङ । बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो ।
सात जना यात्रु चढेको उक्त जीप तीव्र गतिका कारण सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्स्पेक्टर लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेहरुमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा छन् ।
जिल्ला अस्पतालमा उपचार भइरहेको उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
