कात्तिक ८, काठमाडौँ । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीले बिहीबार थप सात दिन म्याद थप गरेको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
गत शुक्रबार पक्राउ परेका उनलाई अदालतले ६ दिनको म्याद लिएर अनुसन्धान गर्ने अनुमति दिएको थियो ।
