मिर्गौला तस्करी आरोपित ५ जना पुर्पक्षका लागि थुनामा

Byपहिलो सुचना

२०८१ कार्तिक ५, सोमबार २०:५९ २०८१ कार्तिक ५, सोमबार २०:५९ २०८१ कार्तिक ५, सोमबार २०:५९
Arrest

कात्तिक ५, काठमाडौं । मिर्गौला तस्करीका दुईवटा घटनामा पक्राउ परेका ६ जनामध्ये पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मिर्गौला तस्करीका दुई वटा फरक मुद्दामा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ६ जनालाई पक्राउ गरेको थियो । जसमा काभ्रेका एक व्यक्तिको मिर्गौला तस्करी घटनामा प्रतिवादी बनाइएका काभ्रेकै कृष्ण विक र ललितपुरका शंकर खत्री यसअघि नै पुर्पक्षका लागि कागार चलान भएका थिए ।

चन्द्रागिरीका अर्का युवकको मिर्गौला तस्करीमा खत्रीसहित बालाजुमा खाजा पसल चलाउने मकवानपुरकी शान्तिमाया घलान, काठमाडौं चन्द्रागिरीका नारायण भनिने नारन परियार, धनुषाका अमन साह, धादिङका कृष्ण श्रेष्ठ, सिन्धुपाल्चोकका राजकुमार नेपाली भनिने राजकुमार बिसुन्के, धनुषाका विमलप्रसाद साह र धनुषाकै मुकेशकुमार साहविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरुमध्ये राजकुमार, विमलप्रसाद र मुकेशकुमार फरार थिए ।

दोस्रो मुद्दामा पनि प्रतिवादी रहेका शंकर खत्रीलाई सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले १ लाख धरौटी र शान्तिमायासँग ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बाँकी तीन जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook