आजको मौसम: देशका पहाडी भागमा आंशिकदेखि साधारण बदली

Byपहिलो सुचना

२०८१ आश्विन ३०, बुधबार ०७:५८ २०८१ आश्विन ३०, बुधबार ०७:५८ २०८१ आश्विन ३०, बुधबार ०७:५८
Weather_PahilosuchanaGloomy Weather

असोज ३०, काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook