भिमफेदीमा सवारी दुर्घटना हुँदा ३५ जना घाइते

Byपहिलो सुचना

२०८१ आश्विन २३, बुधबार २३:०९ २०८१ आश्विन २३, बुधबार २३:०९ २०८१ आश्विन २३, बुधबार २३:०९

असोज २३, हेटौँडा । मकवानपुरको भैंसे–भिमफेदी सडक खण्डको भिमफेदी–४ गोल्पिङमा बुधवार साँझ सवारी दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । घाइतेमध्ये छजना गम्भीर घाइते भएका छन् । 

साँझ सात बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरका लागि आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस एक आपसमा ठक्कर खाई पुन हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी समेत ठोकिन गई दुर्घटना भएको हो । 

सवारी दुर्घटनामा बस सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । दुर्घटनामा परेकाहरूको पहिचान नखुलेको प्रहरीको भनाइ छ ।

गम्भीर घाइते छ जनालाई थप उपचारका लागि चितवन पठाइएको र बाँकी सबै घाइतेहरुको हेटौंडा अस्पतालमै उपचार भईरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook