भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

Byपहिलो सुचना

२०८१ आश्विन १६, बुधबार ११:३७ २०८१ आश्विन १६, बुधबार ११:३७ २०८१ आश्विन १६, बुधबार ११:३७

असोज १८, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

असोज १८ गतेसम्म भारी वर्षाको सम्भावना रहेको सूचना जारी गर्दै प्राधिकरणका उपसचिव एवम् प्रवक्ता डा डिजन भट्टराईले सतर्कता अपनाउन आग्रह गरेका छन् । ‘असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलाम एक्कासि बाढी आउन सक्ने जोखिम यथावतै छ,’ प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ ।

प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न प्रवक्ता भट्टराईले आग्रह गर्नुभएको छ ।

‘यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्नुहुन, ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानामा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्नुहुन र नदी किनाराका बस्तीमा एक्कासि बाढी आउन सक्ने सम्भावनालाई विचार गरी उच्च सतर्कता अपनाउनुहुन एवम् पहिरो जोखिम भएका स्थानका व्यक्तिहरु सुरक्षित स्थानमा स्थानान्तरण हुनुहुन सबैमा विनम्र अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook