धुलिखेल-भकुण्डे सडकखण्ड एकतर्फ़ी सञ्चालनमा आयो

Byपहिलो सुचना

२०८१ आश्विन १४, सोमबार २१:५२ २०८१ आश्विन १४, सोमबार २१:५२ २०८१ आश्विन १४, सोमबार २१:५२

असोज १४, काभ्रे । बीपी राजमार्ग अन्तर्गत धुलिखेल-भकुण्डे सडकखण्ड एकतर्फ़ी सञ्चालनमा भएको छ । काभ्रेको सदरमुकाम धुलिखेलदेखि भकुण्डेबेसी सम्मको सडक सोमबार साझबाट सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास कुमार तामाङले जानकारी दिए ।

उक्त खण्ड सञ्चालन भएपनि बीपी राजमार्गको नौबीसे-फेदी खण्डमा दाप्चा खोला तथा चौकीडाडा देखी सिन्धुलीको सिमाना सम्म ११ ठाउको ३ हजार मिटर सडकमा बाढी र पहिरोका कारण क्षति पुगेको छ ।

रोशीदेखि मान्ती खोलासम्मको सडकखण्डमा रोशी खोलाको बाढीले सडक नै गायब बनाएकाले तत्काल सञ्चालन हुन कठिन रहेको प्रहरी अधिकारीले बताएका छन् । सो सडकखण्ड ठाउँ–ठाउँमा बाढीले कटान गर्दा सयौँ यात्रु बिचमा अलपत्र परेका थिए। केहीको उद्धार भएकोमा केही अझै उद्धारको प्रतीक्षामा छन्। केही पैदल हिँडेर सुरक्षित स्थानतर्फ गएका छन् ।

मृत्यु हुनेको संख्या ६४ पुग्यो

अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या ६४ पुगेको छ । मृत्यु हुनेमा २९ जना महिला, २० जना पुरुष र १५ जना बालबालिका छन ।

सबै भन्दा बढी पनौतीमा १८ जना, तेमालमा ९, मण्डनदेउपुरमा ८, बेथानचोकमा ७, रोशीमा ६, नमोबुद्दमा ५, चौरीदेउराली, भूम्लू र बनेपामा ३/३, धुलिखेलमा २ जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook