देशभरका स्कुल र विश्वविद्यालय तीन दिन बन्द गर्न मन्त्रालयको अनुरोध

Byपहिलो सुचना

२०८१ आश्विन १२, शनिबार २०:५२ २०८१ आश्विन १२, शनिबार २०:५२ २०८१ आश्विन १२, शनिबार २०:५२
Ministry of Education

असोज १२, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका स्कुल र विश्वविद्यालयहरू तीन दिन बन्द गर्न अनुरोध गरेको छ ।

शनिबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै शैक्षिक संस्थाका भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै स्कुल र विश्वविद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो। देशभर विश्वविद्यालय र स्कुलका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरूद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएको जानकारी मन्त्रालयमा प्राप्त भइरहेकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, बाढी पहिरोबाट विस्थापित भएकालाई आकस्मिक रूपमा शैक्षिक संस्थाका भवनमा व्यवस्थापन गर्नुपर्ने हुँदा तीन दिन बन्द गर्न अनुरोध गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook