वर्षाले उडान प्रभावित

Byपहिलो सुचना

२०८१ आश्विन ११, शुक्रबार ०९:१७ २०८१ आश्विन ११, शुक्रबार ०९:१७ २०८१ आश्विन ११, शुक्रबार ०९:१७
Airport

असोज ११, काठमाडौं । देशका अधिकांश भूभागमा शुक्रबार बिहानैदेखि पानी परिरहेको छ । वर्षाका कारण आन्तरिकतर्फको उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार शुक्रबार बिहानैदेखि आन्तरिकतर्फको उडान वर्षाका कारण प्रभावित भएको छ ।

 भिजिबिलिटी कमजोर भएका कारण जनकपुर, सिमरा, पोखरा धनगढी लगायत अधिकांश विमानस्थलहरूमा त्रिभुवन विमानस्थलबाट उडान हुन नसकेको प्रवक्ता शेर्पाले जानकारी दिए । ‘बाहिरका विमानस्थलहरूको भिजिबिलिटी कमजोर भएका कारण त्रिभुवन विमानस्थलबाट उडान हुन सकेको छैन,’ उनले सेतोपाटीसँग भने । अन्तर्राष्ट्रिय उडान र अवतरण भने भइरहेको उनले जानकारी दिए ।

उनले काठमाडौं विमानस्थलम अहिलेको भिजिबिलिटी तीन हजार रहेको जानकारी दिए । ‘भिजिबिलिटी यति हुनुपर्छ भन्ने कुरा विमानस्थल अनुसार फरक हुन्छ। काठमाडौंमा चाहीँ भिजिबिलिटी १६ सय भयो भने पनि  जहाज उडान र अवतरण गर्न सक्छन्,’ उनले भने । उनले सामान्य पानी पर्दा उडान प्रभावित नहुने बताए। ‘एकदम ठूलो पानी परेर भिजिबिलिटी नै कमजोर भयो भने चाहीँ उडान र अवतरण प्रभावित हुन सक्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook