श्रीलंकामा संसद विघटन, १४ नोभेम्बरमा चुनाव

Byपहिलो सुचना

२०८१ आश्विन ९, बुधबार १६:१२ २०८१ आश्विन ९, बुधबार १६:१२ २०८१ आश्विन ९, बुधबार १६:१२

असोज , काठमाडौं । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिशानायकेले संसद विघटन गरेका छन् । साथै उनले संसदीय निर्वाचनका मिति समेत तोकेका छन् ।

शनिबार सम्पन्न राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए । तर २२५ सदस्यीय संसदमा उनको दल नेशनल पिपुल्स पावर (एनपीपी)का तीन जना मात्र सांसद थिए ।

राष्ट्रपति दिशानायकेले मंगलबार आफ्नो दलका सांसद डा. हरिनी अमरासूर्यलाई प्रधानमन्त्री र विपथा हेराथ मन्त्री बनेका छन् । लगत्तै मंगलबार मध्यरातबाट लागू हुने गरी उनले संसद भंग गरेका हुन् । श्रीलंकाको संविधानले राष्ट्रपतिलाई त्यो अधिकार दिएको छ । साथै १४ नोभेम्बर २०२४ मा संसदका लागि निर्वाचन हुनेछ । ४ अक्टोबरबाट उम्मेदवारी दर्ता हुनेछ । निर्वाचनबाट आउने नयाँ संसदको पहिलो बैठक २१ नोभेम्बर २०२४ मा बस्ने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook