आज मुस्लिम धर्मावलम्बीका लागि बिदा

Byपहिलो सुचना

२०८१ भाद्र ३१, सोमबार ११:२७ २०८१ भाद्र ३१, सोमबार ११:२७ २०८१ भाद्र ३१, सोमबार ११:२७
Home Ministry

भदौ ३१, काठमाडौं । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ ।  गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ । 

‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook