भदौ २७, काठमार्डौ । नेपाली कांग्रेसले असोज ३ गतेसम्म काठमाडौं नछोड्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । असोज ३ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरू यथाशीघ्र काठमाडौं आउन भन्दै संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बुधबार ह्विप जारी गरेका हुन् ।
प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन् । उपसभामुख इन्दिरा राना मगरको आचरणमा प्रश्न गर्दै कांग्रेसले पनि उनको राजीनामा मागेको छ । राजीनामा नदिए हटाउने प्रक्रिया सुरू गर्नुपर्ने भएकोले सांसदहरूलाई उपत्यका नछाड्न भनिएको एक सांसदको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको सत्ता साझेदार दलहरूको बैठकमा उपसभामुख रानालाई पदबाट हटाउन प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा सत्ता साझेदार दलहरू सहमत भएका थिए ।
