गोकर्णेश्वरमा पितृ पूजा (तस्वीरहरु)

ByGyan Kaji Tamang

२०८१ भाद्र १७, सोमबार १९:२१ २०८१ भाद्र १७, सोमबार १९:२१ २०८१ भाद्र १७, सोमबार १९:२१

भदौ १७ , काठमाडौं । आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन काठमाडौंको गोकर्णेश्वर परिसरमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।

बुवा हुनेहरुले कुसे औंसीको दिन परम्पराअनुसार आफ्नो बुवालाई भेटेर मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दछन् ।तर बुवालाई गुमाएकाहरुले गोकर्णेश्वर न्दर्शन गर्ने र श्राद्ध गर्ने गर्दछन् । श्राद्ध गर्नेहरुको आज बिहानैदेखि उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा घुइँचो लागेको छ ।

पितृको नाममा तर्पण, पिण्डदान एवम् श्राद्ध गर्नेहरु गोकर्णेश्वरका साथै पशुपति मन्दिर क्षेत्रमा पनि भेला भएका छन् ।

गोकर्णश्वर मेलामा पहिलो सुचनाकर्मी ज्ञानकाजी तामाङले कैद गरेको तस्बिरहरु :-

मेलामा बाँसुरी बेच्दै एक व्यापारी

मेलामा बाँसुरी बेच्दै एक व्यापारी

मेलामा पुजापाठ गर्दै लामा गुरु
तामाङ पोषकमा सजिएकी सहभागी महिला

साँगितिक कार्यक्रममा सहभागि दर्शकहरु
मेलामा पुजापाठ गर्दै लामा गुरु
पितृको नाममा म्हारमेन बाल्दैै भक्तजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook