सहकारी छानबिन समितिले सोधपुछका लागि रास्वपा सभापति लामिछानेलाई बोलायो

Byपहिलो सुचना

२०८१ भाद्र ६, बिहीबार १६:५९ २०८१ भाद्र ६, बिहीबार १६:५९ २०८१ भाद्र ६, बिहीबार १६:५९

भदौ ६, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको बारेमा सोधपुछका लागि संसदीय छानबिन समितिले बोलाएको छ । स‍हकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई सोधपुछका लागि शुक्रबार उपस्थित हुन भनेको हो । 

समिति सचिवालयका अनुसार लामिछानेलाई सोधपुछका लागि शुक्रबार बोलाइएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा समितिले सोधपुछका लागि भदौ ७ गते शुक्रबार दिउँसो २ बजे उपस्थित हुन भन्दै पत्राचार गरिएको समिति सचिवालयले जनाएको छ ।समितिले लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका बेला नै सोधपुछका लागि बोलाउन खोजेको थियो । त्यतिबेला लामिछानेले समितिमा उपस्थित हुन समय नभएको भन्दै पन्छिएका थिए । लामिछानेभन्दा पहिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक रहेका छबिलाल जोशीलाई सोधपुछमा बोलाइएको समिति सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook