गाडी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको मृत्यु 

Byपहिलो सुचना

२०८१ भाद्र ४, मंगलवार ०८:१३ २०८१ भाद्र ४, मंगलवार ०८:१३ २०८१ भाद्र ४, मंगलवार ०८:१३

४ भदौ, सुर्खेत । सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ ।

सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर-५ को एमाले मोडमा दुर्घटना हुँदा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्कीलाई दुर्घटना लगत्तै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा करिब राति दुई बजे निधन भएको प्रहरीको भनाइ छ । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचत भएका थिए । उपाध्यक्ष कार्की कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामाका श्रीमान्‌समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook