सुनको मूल्य आज तोलामा नौ सयले घट्यो

Byपहिलो सुचना

२०८१ श्रावण ३२, शुक्रबार १२:४० २०८१ श्रावण ३२, शुक्रबार १२:४० २०८१ श्रावण ३२, शुक्रबार १२:४०

साउन  ३२, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु नौ सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय ६० निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook