अझै तीन दिनसम्म वर्षाको सम्भावना

Byपहिलो सुचना

२०८१ श्रावण २८, सोमबार ०८:०२ २०८१ श्रावण २८, सोमबार ०८:०२ २०८१ श्रावण २८, सोमबार ०८:०२

साउन २७, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको माहाशाखाको भनाइ छ। 

महाशाखाका मौसमविद मिनकुमार अर्यालले आगामी तीन दिनसम्म काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको जानकारी दिए। 

‘यतिबेला मनसुन धेरै सक्रिय नभएकाले भारी वर्षाको सम्भावना छैन। तर बाढी, पहिरोजस्ता मनसुनजन्य विपदका घटनाबाट भने सतर्कता अपनाउनुपर्छ,’ उनले भने।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook