गोरखामा पहिरो जाँदा ५ जना बेपत्ता

Byपहिलो सुचना

२०८१ श्रावण १३, आईतवार १०:४९ २०८१ श्रावण १३, आईतवार १०:४९ २०८१ श्रावण १३, आईतवार १०:४९
Pahiro

साउन १३, काठमाडौं । गोरखाको धार्चे-५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् ।

यसको थप विवरण आउन बाँकी छ ।

स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो । गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए । उनका अनुसार खोर्लाबेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook