नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त

Byपहिलो सुचना

२०८१ असार ३०, आईतवार १७:३० २०८१ असार ३०, आईतवार १७:३० २०८१ असार ३०, आईतवार १७:३०
KP Oli

असार ३०, काठ्माण्डौॅ । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले गएको शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आज बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १ सय ६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

कांग्रेस र एमालेको समर्थनमा बहुमत जुटाएको दाबीसहित राष्ट्रपतिसमक्ष दाबी पेस गरेसँगै आवश्यक अध्ययन गरेर राष्ट्रपतिले नियुक्तिको निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसैबीच नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ भोलि सोमबार बिहान ११ बजे हुने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook