क्यलिफोर्नियाका नेपालीले माग गरे नेपाल सरकारको कन्सुलर कार्यलाय

ByGyan Kaji Tamang

२०८१ असार २५, मंगलवार ०८:५४ २०८१ असार २५, मंगलवार ०८:५४ २०८१ असार २५, मंगलवार ०८:५४

जुलाई ७, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया स्थित सान फ्रान्सिस्कोमा नेपलाी काउन्सुलर सेवा स्थपना गर्न माग गरेका छन् । आईतबार क्यालिफोर्नियाको अल्वानीमा एन आर एन ए क्यालिफोर्निया च्याप्टर र नेपाली एसोसियसन अफ नर्थदेन क्यालिफोर्निया (न्यान्स) सहित दर्जनौ नेपाली संघसस्थाले आयोजन गरिएको अन्तरकृया कार्यक्रममा सहभागि नेपाली संघसस्था, समाजसेवी, र बुद्धिजिवीहरुको भेलाले सो माग राखेका हुन ।

राजदुताबासलाई बुझाउन तयारी ज्ञापनपत्र


नेपाल सरकारको दूतावास र कन्सुलेट कार्यालय वर्षौंदेखि अमेरिकाको एक भेगमा मात्रै सीमित हुँदा अन्य क्षेत्रका नेपालीले सास्ती खेप्नु परेको छ । पश्चिम क्षेत्रमा नेपालीको संख्या हजारौं भएपनि सरकारी निकाय पूर्वी तटमामात्रै सीमित हुँदा पासपोर्ट लगायतका सेवामा समस्या भएको हो । हाल वासिंटन डिसीमा दुतावास र न्युयोर्कमा मात्रा कन्सुलेट जनरल कार्यलय छ ।

कार्यक्रममा सहभागिहरु

कार्यक्रममा ब्रक्ली युनिभर्सिटिका प्रोफेसर अमोद पोखरेलले सयुत्त राज्या अमेरिकाको पश्चिम तटिय राज्या क्यालिफोर्नियाका विभिन्न शहरहरु सान् फ्रान्सिस्को, सानहोजे, सेक्रेमेन्टो, लस एञ्जलस, सान्डीएगो तथा यस क्षेत्र वरपरका बस्तिहरुमा रहने नेपाली जनसंख्याको आकार ठुलो रहेको र नेपाली हरुको जनसंख्या अत्यान्तै तिब्र गतिमा बढ्ने क्रममा रहेको, पछिल्ला वर्षहरुमा विद्यार्थी सँगसँगै गैर कानुनी रुपमा अमेरिका प्रवेश गर्ने नेपालीहरुको समेत केन्द्र बन्दै गएकाले नेपाली जनघनन्व बढ्ने क्रममा रहेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै सो क्षेत्रमा नेपाल सरकारले आफ्नो सेवा विस्तार गर्नुपर्ने बताएका थिए ।


सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०२० को अमेरिकन सरकारको जनगनण तथ्यांकमा पछिल्लो एक दशकमा नेपालीको संख्या २९५ प्रतिशतले वृद्धि भएको छ । औपचारीक तथ्यांक अनुसार हाल अमेरिकामा २ लाख ५ हजार ९ सय ७ नेपाली छन् । भने सरकारको तथ्यांकमा अटाउन नसकेको नेपालीको संख्या अझ धेरै हुन सक्ने कार्यक्रममा उपस्थित विभिन्न सरोकार वाला संघसंस्थाका प्रतिनिधिहरुले बताए । क्यालिफोर्नियामा मात्रा नेपाली हरुको जनसंख्या वृद्धिदर २ सय १६ प्रतिशत भन्दा बढि रहेको छ । यसमा पनि जनसंख्याको करिब ७० प्रतिशत जनसंख्या उत्तरी क्यालिफोर्नियाको विभिन्न शहरहरुमा रहेको हुदा यस क्षेत्रमा कन्सुलर अफिस स्थापना हुन सके हजारौ नेपालीहरुले नेपाल सरकारको अत्यआवश्यक सेवाहरु पसपोर्ट बनाउने, नबिकरण गर्ने,एनआरएन ए कार्ड बनाउने वरेसनामा तथा कानुनी सेवाहरु सहज रुपमा नै प्राप्त गर्ने सक्ने छन । जसले गर्दा नेपाली हरुको पैसा र समय बचत हुन सक्छ ।

कार्यक्रममा एनआरएन ए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाले हाल सो क्षेत्रका हजारौ नेपालीहरु नेपाल सरकारको सामन्या सेवा लिन पनि ७ घण्टा हवाई यात्रा गरि नेपाली राजदुताबास वासिङ्टन डिसि पुग्नु पर्ने वाध्यता रहेको बताए । कार्यक्रममा बोल्दै उनले भने “कागजपत्र विहिन हरुको लागि झन कठिन हुन्छ । अमेरिकन सरकारले आन्तरिक हवाई यात्राको लागि पनि बैध परिचय पत्र अनिवार्य गरेको छ । जसले गर्दा हजारौ कागजपत्र विहिन नेपालीहरु युएस आई एसले मागेको सामन्य कागजपत्र बनाउन समेत वासिङटन डिसि जान सकेको छैनन् र उनिहरुको केस समेत प्रभावित भएका छन् ।”
नेपाली एसोसियसन अफ नर्थदेन क्यालिफोर्नियाका अध्यक्ष प्रितेश कार्कीले भने “नेपाली राजदुताबासले प्रदान गर्ने सेवा अमेरिकाको पुर्वी क्षेत्रमा मात्रा केन्द्रित छ पश्चिम क्षेत्रमा बसोबास गर्ने हाजारौ नेपाली हरु नेपाल सरकारले प्रदान गर्ने सामन्य सेवा बाट समेत बञ्चित हुन पुगेको छ । यदि पश्चिम क्षेत्रमा एउटा कान्सुलर अफिस स्थापना गर्न सक्यो भने हजारौ नेपालीहरु लाभन्वित हुने थियो ।” उनले अगाडी भने “दुताबासले सधै बजेट छैन भनेर बाहना बनाउछ यदि बजेटकै अभावले गर्दा हो भने यस क्षेत्रमा ६० भन्दा बढि कृयशिल नेपाली संघसस्था छौ राजदुताबासले कर्मचारीको दरबन्दी मात्र तोकिए पनि अफिस, बस्ने ठाँउको व्यवस्था यहाँको संघ सस्थाले गर्नेछ ।”
यस क्षेत्रमा रहेका सामाजीक अभियान्तहरुको कारणले नै दुताबासले यस क्षेत्रमा सेवा विस्तार गर्न नमानेको जानकारी तामाङ को अपरेसन सोसाईटी अफ क्यालिफोर्नियाका अध्यक्ष सुरज पाख्रिन ले बताए । उनले अगाडी भने “ राजनितिक दलको नेता आउदा भेट गर्न फोटो खिच्न तछाडमछाड गर्छन तर भनसुन चल्ने हाम्रो सरकारी सेवामा उनै राजनितिक दलको नेता आउदा कहिल्यै पनि कन्सुलर अफिसको कुरा गर्दैनन् । एउटा सानो काम भयो भने त्यसको जस लिन तँछाडमछाड गर्छन तर कुनै सेवा नपाउदा वा नहुदा त्यसको पहलमा कहिल्यै पनि अघि बढ्दैनन् यस भेगमा रहेका नेता तथा समाजसेवि हरुको यस्ता खालको व्यवहारले गर्दा नै यहा कन्सुलर अफिस स्थापन हुन सकेन ।” उनले अगाडी भने “कस्तो खालको सहयोग चाहिने हो म र मेरो सस्था तयार छु चाहे आर्थिक होस वा भौतिक । यहाको नेपालीको सेवाको लागि जस्तोसुकै सहयोग गर्न पनि हाम्रो सँस्था तयार छौ हामी मात्रा हैन भएभरको सबै सँघसस्था तयार हुनुपर्छ अनि मात्रा सेवा सहज हुनसक्छ । सरकारको मात्रा मुख ताकेर केहि हुदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook