सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्ड अवरुद्ध 

Byपहिलो सुचना

२०८१ असार २३, आईतवार १०:४१ २०८१ असार २३, आईतवार १०:४१ २०८१ असार २३, आईतवार १०:४१
Pahiro

असार २३, पाल्पा । अविरल वर्षापछि आएको पहिरोले सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्ड अवरुद्ध बनेको छ ।

दुई दिनदेखि परेको झरीका कारण तानसेन नगरपालिका-८, गौडे पुल नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडकमाथिबाट खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि पहाड र तराईको यात्रामा निस्केकाहरू बीच बाटोमा रोक्किएका छ्न् । शनिबार दिनभरजसो अवरुद्ध भएको सिद्धार्थ राजमार्ग बेलुकीपख एकतर्फी रूपमा खुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook