ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु, दुईजना घाइते

Byपहिलो सुचना

२०८१ असार १४, शुक्रबार ०९:४७ २०८१ असार १४, शुक्रबार ०९:४७ २०८१ असार १४, शुक्रबार ०९:४७

असार १४, गुल्मी । तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर रेसुंगा नगरपालिका–४ रायढुंगामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका–२ का छ वर्षीय शिव विकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो।

दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक–५ बस्तुका  २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook