यसरी हेर्न सकिन्छ एसइईको नतिजा, ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तीर्ण

Byपहिलो सुचना

२०८१ असार १३, बिहीबार ११:२२ २०८१ असार १३, बिहीबार ११:२२ २०८१ असार १३, बिहीबार ११:२२

असार १३, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहिबार बिहान नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तीर्ण भएका छन्। एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। एसपटकको एसइई नतिजा विभिन्न ११ वटा संस्थाको वेवसाइट, आइभिआर र एसएमएसमार्फत् हेर्न सकिने कार्यालयले जनाएको छ । नेपाल टेलिकमको १६०० मा एसएमएस र आइभिआर मार्फत्, स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी ३५००१ मा कोडमा, इजी सर्भिसको ३४९४९ कोडमा र आकाश टेकको ३१००३ कोड राखेर एसएमएस गरेर नतिजा हेर्न सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

यस्तै राष्ट्रिय परिक्षा नियन्त्रण कार्यालय,परीक्षा बोर्ड,खल्ती, इसेवालगायतको वेवसाइटबाट पनि परीक्षाफल हेर्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook