ओखलढुंगामा पहिरोले पुर्दा एक जनाको मृत्यु, दुई घाइते

Byपहिलो सुचना

२०८१ असार १२, बुधबार ११:०५ २०८१ असार १२, बुधबार ११:०५ २०८१ असार १२, बुधबार ११:०५

असार १२, ओखलढुंगा — ओखलढुंगामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । 

चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । पहिरामा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन् ।

प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुवैजनाको उद्धार गरिएको हो । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । पहिरोले एकतले घर र गोठ पुरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook