मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम

Byपहिलो सुचना

२०८१ जेष्ठ १४, सोमबार १५:०१ २०८१ जेष्ठ १४, सोमबार १५:०१ २०८१ जेष्ठ १४, सोमबार १५:०१

जेठ १४, काठमाडौं । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम आजै  दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्नेछन्। उनले कृषि पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook